Logo
Logo

नेपाललाई दिने ८ लाख डोज कोरोनाविरुद्धकाे खोप चिनियाँ एयरपोर्टमा


दृष्टि संवाददाता


काठमाडाैं । चीनले नेपाललाई अनुदानमा दिने भनेको कोरोनाभाइरसविरुद्धको ८ लाख डोज सिनोफार्म खोप आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

विमानस्थल पुगेको खोप सोमबार नेपाल आइपुग्ने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। उक्त खोप लिन भोलि नेपालको राष्ट्रिय ध्वजाबाहक जहाज चीनको बेइजिङ जाँदै छ ।

नेपालले आपतकालिन प्रयोगका लागि अनुमति दिएको उक्त खोप लामो समयदेखि बेइजिङमा अलपत्र थियो । चीनले उत्पादन गरेको कोभिडको खोप अहिलेसम्म ५६ वटा मुलुकमा पुगेको छ ।

त्यसैले चिनियाँ खोप नपुगेका मुलुकका नागरिकलाई पनि चिनियाँ खोप लगाएर चीन प्रवेश गर्न सहज छैन। चीनले अनुदानमा दिने घोषणा गरेर खोप नपुगेको मुलुकमध्ये नेपाल पनि हो ।

प्रतिक्रिया दिनुहोस्