Logo
Logo

होलीमा कोरोना होइन, माया बाढौँ : स्वास्थ्य मन्त्रालय


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस पटकको होली सजगताका साथ मनाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा जमघट र ठूलो उत्सव नगर्न आग्रह गरेको हो।

मन्त्रालयले भनेको छ, ‘कोरोना संक्रमणको खतरा हुलहरुमै बढी हुन्छ, कोरोनालाई फैलिन नदिऔँ, सजगताका साथ होली मनाऔँ ।’
यस्तै, ‘यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौँ, माया बाँडौँ, कोरोना होइन ।’

भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सरकारले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । नेपालमा पनि कोरोना संक्रमण दर केही वृद्धि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्