Logo
Logo

१० अर्ब नाफा कमाउँदै नेपाल टेलिकमले बुझायो ३५ अर्ब राजस्व


दृष्टि संवाददाता


काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा सरकारलाई ३५ अर्ब ५ करोड रुपैयाँ राजश्व बुझाउँदै झन्डै १० अर्ब रुपैयाँ नाफा कमाएको छ।

नेपाल टेलिकमका अनुसार अनेकौं चुनौती एवं जोखिमका बाबजुद आर्थिक वर्ष २०७६ /७७ मा कुल राजस्व र खुद नाफा क्रमशः रू ४२ अर्ब ९९ करोड र रू९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको छ।

शुक्रबार नेपाल दूरसञ्चार कम्पनीको तेह्रौँ वार्षिक साधारणसभा बोल्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको बताए।

लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत वोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ।

यसका साथै आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकर बापत सरकारी राजस्वमा रू।३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको बस्यालले बताए।

प्रतिक्रिया दिनुहोस्