Logo
Logo

किर्गिस्तानसँग आर्मीको पनि बराबरी


दृष्टि संवाददाता


काठमाडौं । एएफसी कप–२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन । जसका कारण खेल बराबरीमा सकियो ।

आर्मीले एएफसी कपको प्ले अफमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो । सहिद स्मारक ’ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

प्रतिक्रिया दिनुहोस्