Logo
Logo

ट्याक्टर दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते


दृष्टि संवाददाता


कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आज से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्