Logo
Logo

श्रीमानको कुटाइबाट महिलाको मृत्यु


दृष्टि संवाददाता


कास्की । कास्कीको पोखरामा श्रीमानको कुटाइबाट एक महिलाको ज्यान गएको छ । मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा ती महिलाको ज्यान गएको हो ।

शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बरालडाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । देवबहादुर विकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाइते भएकी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराएर घरमा लगेको थिए ।

तर, आइतवार बिहान घाइते विक अचेत भएपछि पुनः उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनापछि मृतकका श्रीमान देवबहादुर विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्