Logo
Logo
ललिता निवास जग्गा प्रकरण

माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्दै परेको रिटमा सुनुवाइ हुँदै


दृष्टि संवाददाता


काठमाडौं । ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्धको परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथी सर्वोच्चमा आज सोमबारका लागि पेसी तोकिएको हो । आजका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा १ नम्बरमा पेसी तोकिएको छ ।

यसअघि पेसी चढे पनि सुनुवाइ स्थगित हुँदै आएको थियो। यसअघि फागुन २ गते सक्कल फाइल मगाउँदै मुद्दा अग्राधिकारमा राखेर हेर्ने आदेश दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्