Logo
Logo

रेशम चौधरीबारे छलफल गर्न सरकारले बनायो टोली


दृष्टि संवाददाता


काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली बनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न साेमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

केही दिनअघि गृहमन्त्री बादलले वार्ता टोली गठन गरी संवादमा आउन माइतीघरबाट आग्रह गरेका थिए । उनले सरकारले छिट्टै वार्ता टोली गठन गर्ने जानकारी पनि दिएका थिए ।

थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । गृहमन्त्री वादल माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्