Logo
Logo

‘रोनाल्डोले कप्तानको आर्मब्यान्ड फाल्नु हुँदैन थियो’


दृष्टि संवाददाता


एजेन्सी । पोर्चुगलका पूर्व खेलाडी फर्नान्डो मिराले विश्वकप छनोट अन्तर्गत सर्बिया बिरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले देखाएको व्यवहार अस्वीकार्य रहेको बताएका छन् ।

छनोट खेलमा रेफ्रीको गलत निर्णयले गर्दा पोर्चुगल र सर्बियाबीचको खेल २–२ को बराबरीमा सकिएको थियो । खेलको अन्त्यतिर रोनाल्डोले प्रहार गरेको बलले गोल लाइन पार गरिसकेको अवस्थामा सर्बियाका डिफेन्डरले क्लियर गरेका थिए तर यो गोललाई मुख्य रेफ्री र लाइन्सम्यानले बलले लाइन पार गरेको नदेख्दा गोलले मान्यता पाएन ।

रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिएका रोनाल्डोले कप्तानको आर्मब्यान्डलाई फालेर खेल सकिनुभन्दा अगाडि नै मैदान छाडेका थिए । ‘यो स्पष्ट गोल थियो तर रोनाल्डोले यसरी कप्तानको आर्मब्यान्ड फाल्न पाउँदैनन्’ मिराले भने, ‘रोनाल्डोको यो प्रतिक्रिया स्वभाविक हो तर राष्ट्रिय टिमका कप्तानका लागि स्वीकार्य छैन ।’

‘कसैले पनि यसरी कप्तानको आर्मब्यान्ड भुँइमा फाल्न तथा खेल चलिरहेको समयमा ड्रेसिङ रूममा जान पाउँदैन’ मिराले थपे । रोनाल्डो पार्चुगलका महत्त्वपूर्ण खेलाडी भएकाले उनको यो व्यवहार राम्रो नभएको मिराले बताए ।

‘महत्त्वपूर्ण खेलाडीबाट यस्तो व्यवहारको आशा गरिँदैन, म रोनाल्डोको रोस बुझ्छु र उनीसँग सहमत पनि छु किनकि यो गोल मान्य थियो । रेफ्रीहरू ती हुन् जसले भिएआरको सहायता बिना निर्णय लिने गर्छन्, यो त्यसैको एउटा उदाहरण हो ।’ विश्वकप छनोटका खेलहरूमा भिएआर तथा गोललाइन टेक्नोलोजीको प्रयोग गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्