Logo
Logo

बंगलादेशविरूद्ध नेपाल २-० ले अगाडी


दृष्टि संवाददाता


काठमाडौं । त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध २–० को अग्रता लिएको छ ।

खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गर्दै अग्रता दिलाएका थिए । जारी त्रिदेशीय कपमा यो नेपालले गरेको पहिलो गोल हो । त्यस्तै सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल हो ।

दाेस्राे गाेल भने विशाल राईले  गरे । ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्