Logo
Logo

स्थानीय प्रशासनको निर्देशन कार्यान्वयन भएन


हिक्मत बम


धनगढी । भारतका विभिन्न सहरमा कोरोनाको दोस्रो चरणको संक्रमण फैलिन थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरुको घर फर्किने क्रम बढ्दै भएको छ । जसले गर्दा सीमानाकामा पछिल्लो दुई सातादेखि घर फर्किने नेपालीहरुको भिड लाग्न थालेको छ ।

भारतमा देखिएको दोस्रो चरणको कारोनाको संक्रमणलाई मध्यनजर गरेर गृहमन्त्रलयले स्थानीय प्रशासनलाई सीमानाकामा कडाई गर्न निर्देशन दिएको हो । सोहि निर्देशनअनुसार स्थानीय जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकाबाट घर फर्किनेको भिड लाग्न थालेपछि चैत्र ११ गते एक विज्ञप्ती जारी गर्दै सीमानाकामा कडाई गर्न सरोकारवाल सबै पक्षलाई आदेश दिएको छ ।

तर स्थानीय प्रशासनले दिएको निर्देशनको पालना भने भएको देखिदैन । जसले गर्दा कैलाली जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन । भारतबाट सीमानाकामा घर फर्किनेको भिड लागेसंगै स्थानीय प्रशासन कैलालीले एक विज्ञप्ती मार्फत आँशिकरुपमा निषेध आज्ञा जारी गरेको थियो ।

आँशिकरुपमा निषेध आज्ञा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, होली तथा फागु पूर्णिमामा कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा, सभा, भेला, सम्मेलनजस्ता कार्यक्रमहरु गरेर भिडभाड गर्न पाइने छैन । तर जिल्लामा उक्त निर्देशनको पालना हुन सकेन । स्थानीय प्रशासनको अवज्ञा गर्दै युवा संघ नेपालले शनिवार जिल्ला भेला गरेको ग¥यो । जिल्ला भेलामा पाँच हजारको संख्यामा मोटरसाईक ¥याली गरिएको थियो भने १० हजारको संख्यामा उक्त भेलामा सहभागीहरु रहेका थिए ।

त्यस्तै, आइतबार पहाडी र सोमबार तराई होली मनाइएको छ । होली पर्वमा बुढापाकाहरु ठूलो जमातमा डेउडा खेल्नमा व्यस्त भएका देखिन्थ्ये भने युवायुवती र केटाकेटीहरु चौक-चौक र सडक-सडकमा रङ, लोला र पानीका बोतलहरु हातमा लिएर रमाइरहेका देखिन्थ्ये । कोरोनाको संक्रमण बढेसंगै सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाका मपडण्ड अपनाइनु पर्ने हो तर संक्रमणलाईनै चुनौती दिदै कैलाली जिल्लामा भिडभाड, जात्रा, मेला, पर्व, महोत्सव, भेला, सभा, सम्मेलन र खेलकुदजस्ता कार्यक्रमहरु गर्ने गरेको पाइएको छ । जसले गर्दा सीमानाकासंग जोडिएको कैलाली जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ ।

कोरोना संक्रमण बढेसंगै सीमानाकामा चेकजाँच कडाईका साथ गर्न थालिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनले सीमानाकाबाट घर फर्किनेहरु मध्ये प्रत्येक दिन १० देखि १५ जनामा कोरोना पोजेटिभ देखिने गरेको समेत जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लाको टीकापुरसंग जोडिएको खक्रोला र धनगढीसंगै कञ्चनपुर जिल्लासंग जोडिएको गौरिफन्टा सीमानाकामा एन्टिजेन परिक्षण गर्न थालिएको बताउनु भयो । उहाँले खक्रौला सीमानाकामा कैलाली जिल्लाका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु खटिएका छन भने गौरिफन्टा नाकामा कैलाली र कञ्चनपुर जिल्लाका स्वास्थ्य तथा सुरक्षाकर्मीहरु खटिएका छन् । उनले भने ‘कोरोनाले गर्दा अघिल्लो वर्ष लकडाउन गरियो र देशले ठूलो घाटा व्यहोर्नु प¥यो । त्यसैलाईनै मध्यनजर गर्दै यो वर्ष लकडाउन नगर्ने गरि सुरक्षा व्यवस्थामा अलि कडाई गरिएको छ ।’

र समाजिक दुरी कायम गर्ने, मास्क लगाएर हिड्ने, सेनिटाइजर लगाउने, भेला, सम्मेलन, मेला, पर्व, महोत्सव जस्ता कार्यक्रमहरु नगर्न हुन स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश दिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले आदेशको अवज्ञा गरेको देखिएमा वा पाइएका संक्रमण रोग ऐन २०२० बमोजिन कारवाही गरिने समेत जानकारी दिनुभयो । त्यसैले यो महामारीको समयमा सबैले सजक र सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्