Logo
Logo

सर्वोच्चले राजनीतिक निर्णय गरेकाले सच्याउनुपर्छः प्रचण्ड


दृष्टि संवाददाता


तस्बिर- कान्तिपुर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गरेर सर्वोच्चले राजनीतिक काम गरेकाले सच्याउनुपर्ने बताएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपा सर्वोच्चले खारेज गरेपछि पुनरावलोकनका लागि सार्वोच्च पुगेको प्रचण्डले सर्वोच्चले आफ्नो फैसला सच्याउनुपर्ने बताएका हुन् ।

फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने– ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्यो, त्यो सच्याउनेछ । म विश्वस्त छु ।’

सर्वोच्चको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको रहेको समेत प्रचण्डले टिप्पणी गरेका छन् । उनले भने– ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ । अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गर्दछु ।

सर्वोच्चले फागनु २३ गते ऋषि कट्टेलको रिटमा फैसला गर्दै नेकपा खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्