Logo
Logo
नेकपा खारेजीविरुद्ध पुनरावलोकन

प्रचण्डलाई ओलीको प्रश्न– अदालत पनि ‘मजाक’ गर्ने ठाउँ हो ?


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा खारेजीविरुद्ध नेकपा माओवादीले गरेको पुनरावलोकनलाई ‘मजाक’को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने– ‘आज पुनरावलोकनको लागी जानु भयो रे ! अदालत पनि ‘मजाक’ गर्ने ठाउँ हो ? अदालतले दुई पार्टीलाई अलग–अलग बनाइसक्यो । दुबै पार्टीले आ–आफ्नै गतिविधि गरिरहेका छन् । अब, एकता सम्भव छैन । मजाक होइन ।’

रिपोर्टस क्लवको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रम सम्बोधन गर्न पुगेका ओली ‘वृहत नागरिक आन्दोलन’ले सनिबार आयोजना गरेको कार्यक्रममा सहभागीबारे निक्कै खनिए । प्राध्यापक कृष्ण खनालप्रति खरो टिप्पणी गर्न पछि परेनन् । उनले भने– मोडरेटर रे ! डबलीमा देख्नु भएन ? वुद्धिजिवी रे ! कसको के स्वार्थमा चलेका छन्, सबैलाई थाहा होलान् ।’

नागरिक आन्दोलनले प्रज्ञा भवनको डबलीमा आयोजना गरेको अन्तरकृयामा सहभागी हुँदै प्रचण्डले ओली र सरकारलाई दिएको समर्थन फिर्ताबारे बोलेको बिषयमा ओलीले बारम्बार टिप्पणी गरे । उनले भने– ‘डबलीमा बसेर एकताको कुरा गर्नेहरुसँग अब एकता सम्भव छैन ।’

प्रतिक्रिया दिनुहोस्