Logo
Logo

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बोलाइयो

अविश्वासको प्रस्ताव फिर्ता सम्बन्धी निवेदन कार्यव्यवस्था परामर्श समितिमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक आज बोलाइएको छ । च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्यमन्त्री डेरमणि श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव पक्षीय संसदहरुले फिर्ता गरेपछि दलको बैठक आज बोलाइएको हो । बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ । आजको बैठकमा माधव पक्षीय सांसदहरु पनि सहभागी हुने भएका छन् ।

यस्तै पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा दर्ता गराइएको छ ।

संसद सचिवालयमा दर्ता भएको निवेदनमा माधव नेपाल पक्षका २३ जना प्रदेशसभा सदस्यमध्ये २० जनाले निवेदनमा हस्ताक्षर गरेका छन् भने बाँकी ३ जना सांसदहरुले आज निवेदन दर्ता गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार नेकपा माओवादी केन्द्रले भने अविश्वास प्रस्ताव फिर्ताबारे जानकारी गराएको छैन ।

सचिवालयमा दर्ता भएको निवेदन कार्यव्यवस्था परामर्श समितिमा छलफलको लागि पठाइने र कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार थव प्रकृया अगाडी बढ्ने सचिव खड्काले बताए ।

गत पुस १० गते तत्कालिन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।

गत माघ ९ गते संसदमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल भए लगतै स्थगित भएको प्रदेशसभा बैठक २ पटक बोलाइयो तर बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । त्यस यता प्रदेशसभाको सातौँ अधिवेशन बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्