Logo
Logo

बेपत्ता पाँच बालिकासहित सात किशोरी भारतको सीतामढीमा भेटिए


दृष्टि संवाददाता


जनकपुर । मंगलबार दिउँसोबाट वेपत्ता महोत्तरीका सात बालिका तथा किशोरी फेला परेका छन् । उनीहरु भारतको विहार राज्य सीतामढीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको बताइएको छ । उनीहरु सबै सकुशल रहेका छन. । उनीहरु किन र कसरी त्यहाँ पुगेभन्ने जानकारी नआएको एसपी दिनेश आचार्यले जानकारी दिए ।

मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू नफर्किएपछि गाउँनै त्रसित बनेको थियो । बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

उनीहरुलाई लिन नेपाल प्रहरीको टोली सीतामढी हिडेको छ । साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्