Logo
Logo

सांसदको प्रश्न– ‘मैले मेलम्चीको पानी ल्याएँ भन्न लाज लाग्दैन ?’


दृष्टि संवाददाता


काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा ल्याउने परिकल्पना र तयारी आजको होइन । तीन दशक अगाडि स्वर्गीय कृष्णप्रसाद भट्टराईको पालमा सुरु भएको हो । तर, वर्तमान प्रत्रानमन्त्री केपी शर्मा ओलीले नै मेलम्चीको पानी काठमाडौंमा ल्याए झै प्रचार गरिएको छ ।

यसरी गलत प्रचार हुँदा पूर्वप्रधानमन्त्री भट्टराईप्रति अपमान भएको भन्दै आलोचना हुने गरेको छ । बुधबार* संसद बैठकमा पनि आलोचना भयो ।

शुन्य समयमा बोल्दै कांग्रस सांसद राजेन्द्रकुमार केसीले आफैले मेलम्चीको पानी ल्याए झै भइरहेको हुँकार लाजको बिषय रहेको टिप्पणी गरेका छन् ।

केसीले भने ‘मेलम्ची खानेपानी अहिले आफैंले ल्याएको जसरी हुँकार गर्नुभन्दा ३० वर्षदेखिको प्रयास सफल भएको रुपमा लिनुपर्छ । यसले यसका परिकल्पना गर्ने स्वर्गीग कृष्णप्रसाद भट्टराईप्रति सम्मान हुन्छ । यो जस र अपजस लिनेभन्दा पनि लामाे समयकाे चाहना पूरा भएकोमा खुसी हुनुपर्ने हो । अहिले आफैंले मात्र ल्याएको जसरी मैले नै झारेँ भनेर हुँकार गर्नु कति जायज हुन्छ ?’

३० वर्षदेखि प्रयास भयो कि अहिले झारियो भन्‍ने कुरामा सबै जानकार रहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्