Logo
Logo

‘प्रभु शाह भ्रष्टाचारी नम्बर वान, डन नम्बर वान र हत्यारा नम्बर वान’


दृष्टि संवाददाता


काठमाडौं । सांसद दिल कुमारीले सहरी विकासमन्त्री प्रभु शाहलाई हत्याराको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मन्त्री शाहलाई ‘भ्रष्टाचारी नम्बर वान, डन नम्बर वान र हत्यारा नम्बर वान’ भन्दै आरोप लगाएका हुन् ।

मन्त्री शाहकै संलग्‍नतामा काशी तिवारीकाे हत्यापछि उनका श्रीमतीलाई आठ लाख रुपैयाँ दिएर मुख बन्द गर्न खोजिएको आरोपसमेत उनले लगाएका छन् । तर, मन्त्री साहमाथि आफूले आरोप लगाएको नभई पत्रपत्रिकामा पढेको सांसद कुमारीको भनाइ रहेको छ ।

सांसद कुमारीले भने– ‘श्रीमतीलाई जतिसुकै दुःख होस् तर पैसामा बिक्दैनन् बरु डटेर सामाना गर्छन् । पत्रकार वीरेन्द्र शाहको हत्या होस् वा काशी तिवारीको हत्या वा शिक्षक सुनिल यादवको हत्या भएपछि परिवार न्यायको आशमा रहेका छन् । तर, पैसाको भरमा कारवाही हुन सकेको छैन ।’

सांसद कुमारीले लगाएको आरोप भिडियोमा हेरौं–

 

प्रतिक्रिया दिनुहोस्