Logo
Logo

एमाले सांसद गंगा चौधरी भन्छन्– ‘रेशम चौधरी निर्दोष हुन्’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सांसद गंगा चौधरीले टीकापुर घटनाका दोषी भनिएका रेशम चौधरी निर्दोष रहेको बताएका छन् ।

बुधबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले रेशम चौधरी लगायतका टीकापुर घटनामा संलग्न भनिएका सबै निर्दोष रहेको दावी गरेका हुन् ।
सभामा बोल्दै सांसद चौधरीले भने– ‘दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ । म दावाका साथ भन्न सक्छु, टीकापुर घटनामा जोडिएका रेशम चौधरी लगायत ५८ जना निर्दोष हुन् ।’

टीकापुर घटना हुँदा रेशम चौधरी टीकापुरमा नभएको दावी गर्दै भने– ‘घटना हुँदा रेशम चौधरी टीकापुर थिएनन्, बर्दियामा थिए । राजनीतिक कारणले उनलाई फसाइएको हो । टीकापुर घटना राजनीतिक कारण घटाइएको थियो ।’

प्रतिक्रिया दिनुहोस्