Logo
Logo

कोरिडोरको सवारी व्यवस्थापनका लागि ट्राफिकले खटायो ‘सिएमटी’


दृष्टि संवाददाता


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि आज (बुधबार) देखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ ।

कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’ (सएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।

महाशाखाले बुधबार एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ । कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ । कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए ।

पछिल्ला समयमा ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको जनगुनासो बढ्दै गएको छ । यसअघि सञ्चालन भएका कतिपय ट्रापिक सम्बन्धीका कार्यक्रम रोकिएका छन् भने विगतकै अभियानको निरन्तरतास्वरुप बेलाबेलामा स्वयंसेवक परिचालन गरिएको बाहेक नयाँ कार्यक्रम खासै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्