Logo
Logo

दुई युवाको हत्या आरोपमा छ जना पक्राउ


दृष्टि संवाददाता


बागलुङ । बागलुङमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार बुधबार दिउँसो गुल्मीबाट दुई र ४ बागलुङबाट चार जनालाई पक्राउ गरेकाे हो । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।

गत आइतबार होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । झडपमा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलदेखि ४ सय मिटर तल मृतकको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्