Logo
Logo

काठमाडौं उपत्यका प्रवेश नाकामा कोरोना परीक्षण हुने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले सबै जिल्ला प्रशासनलाई जिल्लाभित्र हुने सभा, जुलुस रोक्न ताकेतासहितको निर्देशन दिएको छ । नेपालमा पनि नयाँ प्रकारको कोरोना संक्रमण फैलिएको भन्दै सबै जिल्ला प्रशासनलाई भोल, सभासम्मेलन गर्न रोक लगाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, सरकारले काठमाडौँं उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन अर्थात काेराेना परीक्षण अनिवार्य गर्न पनि निर्देशन दिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने जानकारी दिए ।

कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्