Logo
Logo

चिनियाँ अनुदानकाे खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइने


दृष्टि संवाददाता


काठमाडौं । चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको हो ।

मिति तय भइनसके पनि खोप वितरण गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप १६ चैतमा नेपाल ल्याइएको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलव्ध गराएको हो ।

भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । तर चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको थिएन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्