Logo
Logo

शेयर बजार उच्च विन्दुमा पुग्ने संकेत, ४३ अंकले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । ४३ अंकले बढेको शेयर बजारमा हरियाली छाएको छ । मंगलबार भन्दा बुधबार ४३ दशमलव ३६ अंक अर्थात् १ दशमलव ६८ प्रतिशत वृद्धि भइ नेप्से इन्डेक्स २ हजार ६ सय १९ दशमलव ३ अंकमा पुगेको हो ।

बुधबार बजारमा सवा ६ अर्ब रुपैयाँभन्दा बढीको एक करोड १२ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको छभने व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ । सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स कम्पनी र वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४ सय ८९ रुपैयाँले घटेर १२ हजार ११ रुपैयाँमा झरेको छ । बुधबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको भने घटेको छ। १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

प्रतिक्रिया दिनुहोस्