Logo
Logo

विमस्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक आज, म्यानमार हिंसाले प्रवेश नपाउँने


दृष्टि संवाददाता


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (विमस्टेक) का सदस्य राष्ट्रहरुको १७ औं मन्त्रीस्तरीय बैठक आज हुँदैछ । भर्चुअलरुपमा हुने बैठकमा सात वटै मुलुकका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् ।

 

त्यसअघि हिजो सचिवस्तरीय बैठक भएको थियो । सैन्य कू भएको म्यानमार बैठकमा सहभागी बनेको छ । हिजोको सचिव स्तरीय बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालसहित बिमस्टेकका सात सदस्य मुलुकका अधिकारीहरु सहभागि थिए ।

सचिवस्तरीय छलफलको आयोजना वर्तमान अध्यक्ष श्रीलंकाले गरेको थियो । बिमस्टेक सदस्यहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्यान्ड र भुटान छन् ।

पाँचौ शिखर सम्मेलनको तयारीको रुपमा पनि अहिलेको बैठकलाई हेरिएको छ । बिमस्टेकको एउटा सदस्य मुलुक म्यान्मारमा रक्तपात मच्चिरहँदा र असफल राष्ट्र बन्नेतर्फ उन्मुख भैरहेको आशंका भैरहँदा परराष्ट्रसचिव स्तरिय बैठकमा चाहिँ म्यान्मारबारे एजेन्डा तय नभएको हो । परराष्ट्रमन्त्रालयका अनुसार आर्थिक र स्वास्थ्य साझेदारी लगायतका विषयमा छलफल हुने एजेन्डा तय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्