Logo
Logo

बालिकाहरु बम्बई लाने गिरोह खोज्दै प्रहरी


दृष्टि संवाददाता


जनकपुरधाम । भारतको सीतामढीबाट उद्दार गरिएका महोत्तरीका सात जना किशोरी तथा बालिकालाई मनोविमर्शका लागि ओरेक नेपालको सेफ हाउस पठाइएको छ ।

उनीहरुलाई मुम्बई लान खोज्ने गिरोहलाई प्रहरीले खोजी गरिरहेको छ । समाजमा पुर्नःस्थापाना गर्न बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरीले ओरेकलाई काउन्सिलिङका लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जनाए ।

घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा–८ धर्मपुरका २ किशोरी तथा पाँच बालिका सहित सातै जनालाई मानव तस्करको गिरोहले रातारात मुम्बई लग्दै गर्दा भारतीय प्रहरीले सीतामढीस्थित रेल्वे स्टेशनमा फेला परेको थियो ।

११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा र रञ्जना पासवान, १३ वर्षीया ज्योती र रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीय अस्मिता पासवानलाई तस्करले बिक्री गर्न लाँदै गर्दा प्रहरीले उद्दार गरेको थियो ।उनीहरु एकै टोलका हुन् ।

ओरक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीका अनुसार बालिका तथा किशोरीहरुलाई पूर्ववतःजीवन शैलीमा फर्काउन प्रयास भइरहेको छ ।

‘उनीहरु सबै डराइरहेका छन् । खाना खाँदैन । सानी बच्चीहरु रोइरहेका छन्,’बालिका तथा किशोरीहरुको अवस्था बारे बताउँदै अधिकृत दियालीले भनिन्,‘अब कसरी फेरि घर फर्किएर जाने रु गाउँमा कसरी मुख देखाउने रु कसरी स्कुलका साथीहरुसँग बसेर पढ्ने रु जस्ता कुरामा उनीहरु मन डुलाइरहेका छन्’ सात जना मध्ये ६ जना बालिका गाउँकै सरयुग आशाराम आधारभूत विद्यालयमा अध्ययरत छन् ।

कसैले फकाएर भारत पुगेका उनीहरुलाई प्रहरीले फेला पारेपछि निकै त्रसित रहेको उनले बताइन् । ‘त्यसैले उनीहरुलाई समाजिक जीवनमा फर्काउन र जीवनप्रति आशावादी बनाउन काउन्सिलिङ गर्दैछौँ । बालिका तथा किशोरीहरुको मन शान्त भएपछि प्रहरीलाई अनुसन्धान गर्न पनि सहज हुन्छ’ उनले बताइन् ।, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्