Logo
Logo

नयाँ गठबन्धन: तीन दल तीनतिर


दृष्टि संवाददाता


काठमाडौं । केपी ओली नेतृत्वको सरकारको निरन्तरता वा नयाँ गठबन्धन रु कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा एकरूपता त छैन नै, अब त आरोप–प्रत्यारोप सुरु भएको छ । तीनवटै पार्टीमा एक–अर्काप्रति आशंका छ र उनीहरू आफूले ठोस निर्णय लिनुभन्दा अर्कोलाई दोषारोपण गरिरहेका छन् ।

निर्णायक भूमिकामा रहेका तीनवटै दलले एक–अर्काप्रति अविश्वास गरिरहँदा संसद् पुनस्र्थापनापछि पनि सरकार परिवर्तनबारे कुनै प्रगति भएको छैन ।

नयाँ सरकार गठनका लागि तुलनात्मक रूपमा बढी स्पष्ट माओवादी केन्द्र देखिएको छ । तर, उसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ सरकार गठनको वातावरण बन्न नसकेको कांग्रेस र जसपाको भनाइ छ ।

सरकारलाई आफूहरूको समर्थन नरहेको बताए पनि माओवादी केन्द्रले समर्थन फिर्ताको औपचारिक पत्र भने लेखेको छैन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र जसपाले आफूले निर्णय गर्न नसकेर अरूलाई दोष लगाइरहेको टिप्पणी गरे । ‘हाम्रो समर्थन छैन भनेर चिच्याएका छौँ ।

अब पत्र लेख्ने औपचारिकता मात्रै हो, लेखिदिन्छौँ । हामीले कांग्रेस र जसपालाई सरकारलाई फाल्न आउनुहोस् भनेकै छौँ । अरू के चाहियो ? समर्थन फिर्ताको विषय कुनै समस्या नै होइन । हामीले सरकारलाई संरक्षण गरेकै छैनौँ ।, यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्