Logo
Logo

माधव समूहको युवा संघले ओलीलाई गरायो नेतृत्व परिवर्तन गरेको जानकारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन गरिएकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ ।

युवा संघले ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको ओलीलाई जानकारी दिएको हो । महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् । युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख छ ।

नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको छ पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको उल्लेख छ ।

पत्रमा ‘राष्ट्रिय युवा संघको नाममा पूर्व युवा संघ नेपालका र पूर्व वाइसीएलका केही व्यक्तिहरुले हाम्रो संगठनको झण्डा र लोगो समेत मिल्दो राखी गतिविधि गरेको भन्ने जानकारीमा आएको हुँदा त्यस्तो नगर्न÷नगराउन समेत पार्टीले निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं’, उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्