Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । आज देशभर स्थानीय वायुको सामान्य प्रभावका कारण मौसममा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्