Logo
Logo

बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु


दृष्टि संवाददाता


सप्तरी । सप्तरीको बोदे बसाईनमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा डेढ महिनाकी बालिका रहेकी छिन् ।

बोदे बसाईन नगरपालिका-३ मधुवन बस्ने देविन यादवकी डेढ महिनाकी छोरी अस्मिता यादवको आफ्नै आँगनमा बाल्टिनमा भरेर राखेको पानीमा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

घरको आँगनमा खेलि रहेकी बालिका एक्कासी खेल्ने क्रममा बाल्टिनमा राखेको पानीमा डुबेर शुक्रबार बिहान साँढे ११ बजेको समयमा मृत्यु भएको सप्तरी प्रहरीले पुष्टि गरेको छ ।, यो समाचार आजको टुडे एक्सप्रेसमा छ ।

प्रतिक्रिया दिनुहोस्