Logo
Logo

अमेरिकी संसद् भवनमा आक्रमण, एक प्रहरीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी संसद् परिसर क्यापिटलमा भएको एक आक्रमणमा परी एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ । उक्त घट्नामा अर्का एकजना घाइते भएको बीबीसीले जनाएको छ ।

समाचार अनुसार सुरक्षा अवरोध राखिएको ठाउँमा एउटा कार आएर जोतिएको थियो। त्यसपछि त्यसका चालकले त्यहाँ रहेका प्रहरी अधिकारीहरूमाथि चक्कु प्रहार गरेका थिए। लगत्तै प्रहरीले चलाएको गोली लागि उक्त संदिग्ध व्यक्तिको ज्यान गएको थियो।

ज्यानुअरी महिनामा भएको घातक क्यापिटल हमलाको तीन महिनापछि भएको पछिल्लो घटना आतङ्कवादसँग सम्बन्धित नरहेको देखिएको अधिकारीहरूले बताएका छन्।

क्यापिटल प्रहरीकी कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले हमलामा एकजना अधिकृतको निधन भएको भन्दै दुःख प्रकट गरेकी थिइन्। एक विज्ञप्तिमार्फत् उनले मृतक अधिकृत विलियम ुबिलीु इभान्स रहेको र उनी १८ वर्षदेखि क्यापिटल प्रहरीमा कार्यरत रहेको बताइन्।

राष्ट्रपति जो बाइडनले क्यापिटल भवनको सुरक्षार्थ खटिएका एक प्रहरी अधिकृतको हत्या भएकोमा गहिरो दुःख प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्