Logo
Logo

कोरोना त्रासः भारतबाट आएकामा नयाँ प्रकारको कोरोना ‘भेरियन्ट’ पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । भारतबाट आएकामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको भेरियन्टबाट सङ्क्रमण भएको पुष्टि भएको हो ।

दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

“शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ”, उनले भने, “नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।” कोरोनाको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उहाँ पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको परशुराम नगरपालिकाका एक जना गरी तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । सबै जना घरमै आइसोलेशनमा बसेका छन् ।,

प्रतिक्रिया दिनुहोस्