Logo
Logo

कांग्रेसले सदस्यता वितरण र नवीकरणकाे समय थप्याे


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय फेरि थप गरेको छ। कांग्रेसरले यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको थियो । ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको कांग्रेसले जनाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण गर्न समय थपेको एक नेताले जानकारी दिए । जिल्लाले चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्ने ती नेताले बताए ।

यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने समय रहेको छ ।

कांग्रेसले जनाए अनुसार क्रियाशील सदस्यताको अन्तिम सूची सभापति शेरबहादुर देउवालाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने कार्यतालिका बनाइएको छ । १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका यसअघि नै कांग्रेसले बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्