Logo
Logo

नेप्से अलटाइम हाइ विन्दुमा


दृष्टि संवाददाता


काठमाडौं । सेयर बजार परिसूचक नेप्सेल नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से २५ दशमलव ७१ अंकले वृद्धि हुँदा २ हजार ६ सय ५७ दशमलव ६१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।

यसअघि, गएको फागुन ६ गते २ हजार ६ सय ४० दशमलव ३५ अंकको उचाइ कायम गरेर झरेको नेप्सेले आइतबार उक्त रेकर्ड ब्रेक गरेको हो । आइतबार बजार परिसूचकले ऐतिहासिक रेकर्ड कायम गर्दा ९ अर्ब बढीको कारोबार भएको छ । ९ अर्ब ६८ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर किनबेच भएको हो ।

आइतबार प्रि ओपनिङ सेसनमा नै करिब २६ अंकमाथिले वृद्धि भएर २ हजार ६ सय ५८ दशमलव ३१ अंकमा खुलेको नेप्से उचार–उढावबीच इन्ट्रा डे कारोबारमा २ हजार ६ सय ५८  दशमलव ७३ अंकको उच्च विन्दु र २ हजार ६ सय ४६ दशमलव ०५ अंकको न्यून विन्दुको बीचमा घुुमेको थियो ।

नेप्से ० दशमलव ९८ प्रतिशतले बढे पनि व्यापार, होटेल तथा पर्यटन, उत्पादन, म्युचुअल फन्ड र लगानी उपसूचक भने घटेको छ । व्यापार उपसूचक सर्वाधिक ४ दशमलव ३९ प्रतिशत र लगानी उपसूचक २ दशमलव ३५ प्रतिशतले घटेको हो ।

यस दिन सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्