Logo
Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा रावल नियुक्त


दृष्टि संवाददाता


काठमाडाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मंगल रावल नियुक्त भएका छन् ।  प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो। सिफारिस समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।

कर्णालीको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको थियो। जसमध्ये समितिले प्रारम्भिक सूचीमा रहेका १३ जनाको नाम सार्वजनिक गरेको थियो।

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेको कार्यकाल सकिएपछि मन्त्री त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति बनेको थियो। समितिले फागुन २४ गते सूचना सार्वजनिक गर्दै उपकुलपतिका लागि आवेदन माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्