Logo
Logo

आजको मौसम पूर्वानुमानः यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाले जनाएको छ ।

यस्तै अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। भने, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा फाटफुट र हल्का वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्