Logo
Logo

बीपीमा बिरामीको बिचल्लीः बिरामीलाई चिकित्सकले समयमा परीक्षण गर्दैनन्


दृष्टि संवाददाता


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग बनेको छ। प्रतिष्ठानमा भर्ना भएका बिरामीलाई चिकित्सकले समयमा परीक्षण गर्दैनन्।

सिकिस्त बिरामीलाई आईसीयू बेड उपलब्ध हुँदैन। सिटी स्क्यान, एमआरआई र भिडियो एक्सरे तत्काल नगर्ने सेवाग्राहीको गुनासो छ।

आकस्मिक कक्षमा भर्ना भएका बिरामीलाई बेड उपलब्ध नगराउँदा भुइँमा राखेर उपचार गर्ने गरिएको छ। आईसीयू आवश्यक परे चिकित्सकले विराटनगर रेफर गर्ने गरेका छन्। केही दिनअघि धरान–१७ का कर्णबहादुर राईलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भयो ।

मेडिसिन वार्डमा रहेका राईलाई चिकित्सकले आईसीयू नभएको भन्दै विराटनगर लैजान रेफर गरे। तर, स्थानीयले आईसीयूको १० नम्बर बेड खाली रहेको भन्दै त्यही भर्ना गर्न प्रतिष्ठानका चिकित्सकलाई दबाब दिए। त्यसपछि आईसीयूमा भर्ना गरिएका राईको निधन भयो।

उनका भाइ कविकुमार राईले चिकित्सकको चरम लापरबाहीकै कारण दाजुको ज्यान गएको बताए। प्रतिष्ठानमा आईसीयू बेड हुँदा पनि चिकित्सकले कमिसनको लोभमा विराटनगरका महँगो अस्पतालमा रेफर गर्ने गरेका कारण कतिपय बिरामीको अकालमै ज्यान जाने गरेको कविले बताए।

प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका बिरामीलाई चिकित्सकले तत्काल उपचार नगरेको गुनासो दैनिक व्यवस्थापन पक्षकहाँ पुग्ने गरेको छ। तर, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह र उपकुलपति डा। ज्ञानेन्द्र गिरीले व्यवस्थित गर्न नसक्दा बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्।, यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्