Logo
Logo

नेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनः प्रधान


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एशोसियसनका अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान विजयी भएका हुन् ।

साधरणसभा २० र २१ गते भएको थियो । निर्वाचनमा प्रधानले ३०२ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नवीनचन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए । विजयी हुनेहरुमा महासचिवतर्फ विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन । अरु पदहरुमा प्रधान समूहबाट उम्मेदवारी दिएका सबै निर्वाचित भएका थिए ।

आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथग्रहण समारोहपछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेटे«ालपम्प सञ्चालनको लागि लाइसेन्स दिँदा वैज्ञानिक आधारमा दिनुपर्ने विषयमा एशोसियसनले काम गर्ने बताए ।

त्यसैगरी निगमलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ एशोसियसनले पहल गर्ने, लागतअनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतीय स्टेशन विस्तारको लागि पहल गर्ने विषयमा एशोसियसनले काम गर्ने बताए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ३ वैशाखदेखि मुलुकभर विद्युतीय माध्यमबाट कारोबार गर्ने बताउँदै त्यसका लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरिसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्