Logo
Logo

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो


दृष्टि संवाददाता


काठमाडौंं । नेपालमा पछिल्ला केही हप्ता यता कोभिड( १९का संक्रमितहरुको संख्या बढ्न थालेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घण्टायता मात्र नेपालमा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ४५३६ जनामा पिसिआर गरिएको थियो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्