Logo
Logo

जेठ–असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।
सोमबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताउँदै जेठ देखि असारमा उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेका हुन् ।

संसदमा हृदयेशले भने ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ ।

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५ हजार ७ सय ४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी देखिएको थियो ।

पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उनले भने, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन ।’

मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्