Logo
Logo

रेकर्ड बनाउँदै शेयर बजार, एक अंककाे वृद्धि


दृष्टि संवाददाता


काठमाडौं । आइतबार मात्रै नयाँ उचाईमा पुगेको शेयर बजारमा सोमबार पनि १ अंकको वृद्धिसहित रेकर्ड बनेको छ । दिनभर अधिकांश समय रातो देखिएको बजार बन्द हुँदा भने एक अंकको वृद्धिसहित २ हजार ६ सय ५८ बिन्दुमा बन्द भएको हो ।

सुरुवाती समयमा २० देखि २२ अंक सम्म बढेको बजार केही समयमै १५ अंक सम्म झरेको थियो । त्यसपछि दिनैभरी दुई देखि तीन अंकसम्म तल र माथि हुँदै गएको बजार बन्द हुँदा एक अंकले बढेर बन्द भएको हो । बजार १ अंकले बढे पनि कारोबार रकम भने सवा सात अर्ब रुपैयाँमा सीमित भएको छ ।

नेप्से सामान्य अंक बढेपनि ४ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एनआईसी एशिया लघुवित्त, राधी विद्युत कम्पनी, वोमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्