Logo
Logo

एनआईबिएल सहभागिता फण्डको लाभांश पुन: लगानी गर्ने अवसर


दृष्टि संवाददाता


काठमाडौं । ‘एनआईबिएल सहभागिता फण्ड’ खुलामुखी योजनाले इकाईधनीहरूलाई लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रवर्द्धक र एनआईबिएल एस क्यापिटले योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट यसै योजनाका थप इकाईहरू खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यस्तै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरूले मात्रै उक्त सुविधा प्राप्त गर्नेछन् ।

एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले लाभांश पुन: लगानी योजनाको लागि आफ्नो नाम दर्ता गराउन सक्ने छन् ।

त्यस्तै योग्य इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांश पुनः लगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्ने ब्यबस्था क्यापिटलले गरेको छ ।

आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगाना मार्फत विषयमा लाभांश पुन: लगानी योजना उल्लेख गरि इकाईधनीको पूरा नाम, इकाईधनीको हितग्राही खाता नम्बर, इकाईधनीको सम्पर्क नम्बर समावेश गरि इमेल पठाएर पनि जानकारी दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्