Logo
Logo

नेपाल वायुसेवा निगमको सञ्चालकमा व्यवसायी किशोर प्रधान नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । सरकारले व्यवसायी किशोर प्रधान नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ । मंगलवार प्रधानलाई मन्त्रीस्तरीय निर्णय अनुसार निगमको सञ्चालकमा नियुक्त गरिएको हो ।

उद्योग वाणिज्य महासंघको गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित प्रधान केही समय अघि मात्रै एमालेमा प्रवेश गरेका थिए । उनको कार्यकाल ४ वर्षको हुनेछ । प्रधान नेपाल उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष हुन् ।

उनी वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग पराजित भएका थिए । दुई साता अघि उद्योगी व्यवसायीको छलफल कार्यक्रममा प्रधानसहित २ सय ३५ जना उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराइएको थियो । प्रवेश भएसँगै उनी निगमको सञ्चालकमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्