Logo
Logo

दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दोस्रो चरणको कोरोना महामारी नेपालमा भित्रन नदिन र रोकथामका लागि योजनाबद्ध रुपमा प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले सहज रुपमा आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिए ।

त्यस्तै कोरोनाको दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गरी त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि निर्देशन दिइएको सभापति घर्तिले जानकारी दिए ।

कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि निर्देशन दिइएको उनको भनाइ छ ।

बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नागरिकलाई सहज रुपमा खोपको पहुचमा ल्याउनका लागि सरकारले अन्य देशसंग अनुमतिप्राप्त खोप भित्राइरहेको र यसलाई निरन्तरता दिने बताए । उनले कोरोना महामारी रोक्न सिमा नाकामा स्वास्थ्य जाँचदेखि अन्य पूर्वाधारको कामका जोड दिएको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्