नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा शिलबन्दी « Drishti News – Nepalese News Portal
Logo

नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा शिलबन्दी


दृष्टि संवाददाता


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी गरिदिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा कम्पनीलाई शिल गरिदिएको हो ।

विभागमा आएको गोप्य सुचनाको आधारमा काठमाडौँको कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने उद्देश्य घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरि संञ्चालनमा रहेको हबिब काला कोकिला हिनाज नामको उद्योग शिलबन्दी गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रवक्ता शिवराज सेडाईले जनाकारी दिए ।

सेडाईका अनुसार पाँच लाख रूपैया पुँजी भएको उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को (१६) विपरित अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरी अन्य उत्पादक (विदेशी) का ट्रेडमार्क र ब्राण्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी नोक्सानी पुग्ने गरी अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी लगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा ठुलो परिमाणमा उत्पादन, भन्डारण, आयात एवम् विक्री वितरण गरिरहेको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा उत्पादनस्थल, भण्डारण तथा विक्रीस्थलहरू समेत शिलबन्द गरी थप कम्पनीमाथि अनुसन्धानको प्रकृया सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्