Logo
Logo

कोरोनाविरुद्धकाे दोस्रो डोज खाेप कहिले र कहाँबाट लगाउने ? (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को सोमबारको बैठकले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको हो । स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ ।

कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ । खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्