Logo
Logo

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा प्रद्युमन पोखरेल चयन


दृष्टि संवाददाता


काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल सर्वसम्मत चयन भएका छन् ।  एशोसियसनको मंगलबार भएको पन्ध्रौं वार्षिक साधारणसभाले कार्य समितिका पदाधिकारीहरु चयन गरेको हो ।

एसोसियसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा बिकास बैंकका सीईओ प्रविण बस्नेत चयन भएका छन् ।

सभाले आव २०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७७र०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

जम्मा १५ सदस्य विकास बैँकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले सबैको सहयोगबाट बिकास बैंकहरुको हकहितका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताउँदै पद्भार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्