Logo
Logo

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिलाप्रकाश सिटौला


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । गत सोमबार बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरेका उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । त्यसपछि उनी कृषि विकास बैंकको सीइओको रुपमा काम गरेका थिए । उनी कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ गतेसम्म कार्यरत थिए ।

उनीले पूर्वाञ्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा पनि काम गरेका छन् । यस्तै, सिटौलासँग बीमा संस्थान रनेपाल स्टक एक्सचेन्जमा सञ्चालक, कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल बैकर्स संघको कार्यसमिति सदस्य भएर काम गरको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्