Logo
Logo

जर्जियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण


दृष्टि संवाददाता


एजेन्सी । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । गारिबाश्भीलीलाई मंगलबार कोरोना पुष्टि भएको उनी निकट अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिइरहेका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्