Logo
Logo

चीनले अनुदानमा दिएको खोप आजबाट लगाइदै


दृष्टि संवाददाता


काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुको खोप आजदेखि लगाईंदैछ । चीनको अनुदानमा आएको ८ लाख डोज भेरोसेल खोप २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।

पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली र व्यापारीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि छुटेका अग्रपंक्तिमा खटिने (फ्रन्टलाइनर), अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्