Logo
Logo

नयाँ कोरोनाबाट एकको मृत्यु


दृष्टि संवाददाता


कञ्चनपुर । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु भएको छ । भारतको गुजरातबाट कोरोना संक्रमित भएर आएका ४५ वर्षीय पुरुषको महाकाली अस्पतालमा उपचार भइरहेको थियो ।

उनी भीदत्त नगरपालिका वडा नम्बर १५ का बासिन्दा थिए । २२ गते अस्पताल भर्ना भएका उनलाई नयाँ कोरोना संक्रमण देखापरेको थियो । उनको उपचारको क्रममा आज (बुधबार) विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको हो । अहिले कैलाली र कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्